काठमाडौँ । नेकपा एमालेका नेता सूर्य थापाले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग महत्वपूर्ण भेटवार्ता भएको बताएका छन्। देउवासँगको भेटपछि सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै थापाले पछिल्लो राजनीतिक परिस्थिति र २०८२ भदौ २३ र २४ गतेका घटनाबारे देउवा स्पष्ट रहेको उल्लेख गरेका छन्।
थापाले देउवालाई राजनीतिक उतारचढाव भोगेका अनुभवी र ८० वर्षको उमेरमा पनि जोसिला नेता भन्दै प्रशंसा गरेका छन्। उनका अनुसार देउवाको अहिलेको मुख्य जोड कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न गर्ने र पार्टीको आधिकारिकता प्राप्त गर्ने विषयमा छ।
थापाले देउवा पार्टीको चुनाव चिह्न रुखलाई नै मुख्य मान्ने विषयमा स्पष्ट र दृढ रहेको पनि बताएका छन्।
Is this conversation helpful so far?

















प्रतिक्रिया