Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 258

‘पुतली बाजे’लाई नेपाली नागरिता दिन डा बाबुरामको आग्रह, को हुन ‘पुतली बाजे’ ?


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 26

पोखरा । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले पुतली बाजे भनेर चिनिने कोलिन स्मितलाई नेपाली नगरिता दिन आग्रह गरेका छन् । तमु राष्ट्रिय परिषद्को दोस्रो राष्ट्रिय भेलामा पोखरा आएका डा बाबुरामले आफ्ना फेसबुक मार्फत पुतली बाजेलाई नेपाली नागरिता दिन आग्रह गरेका हुन् ।

तस्वीर : डा बाबुराम भट्टराईको फेसबुकबाट

भट्टराईले ५० वर्षपछि पुतली बाजेलाई भेटेको जनाएका छन् । ५० वर्षपछि भेट हुँदा अत्यन्त खुसी लागेको समेत बताएका छन् । पुतली बाजेले ५० वर्षदेखि नेपालमा बसेर पुतलीबारे खोजअनुसन्धान गरिरहेका छन् ।

उनले फेसबुकमा लेखेका छन् – ‘पुतली बाजे’ भनेर चिनिने मेरा स्कूलेजीवनका गुरू Colin Smith संग आज ५० बर्षपछि पोखरामा भेट्न पाउँदा अत्यन्त खुसीको अनुभूति भयो।

असी बर्ष नाघिसकेका र ५० बर्षदेखि नेपालमा बसेर पुतलीबारे खोजअनुसन्धान सहित पुस्तकहरू लेख्नुभएका वहाँले बाँकी जीवन नेपालमै बिताउन नेपाली नागरिकता ग्रहण गर्न चाहनुभएको छ!

राज्यले विधिपूर्वक वहाँलाई नेपाली नागरिकता दिएर सम्मान गरोस् भन्ने सम्बन्धित निकायलाई आग्रह गर्न चाहन्छु!