Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 258

नेपाली युवक अनिललाई गोली हानी मृत्युदण्ड दिने कतारी अदालतको फैसलापछि रुँदै बित्छ उनको परिवारको दिन र रात


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 26

२०१५ मा कार वास कम्पनीमा काम गर्ने गरी कतार पुगेका अनिलको सपना त्यतिबेला चक्नाचुर भयो जति बेला उनलाई हत्या अभियोगमा सन् २०१७ अप्रिलमा पक्राउ गरियो ।

कतारको अदालतले कतारी नागरिक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या अभियोग लागेका महोत्तरीका अनिल चौधरीलाई त्यहाँको तल्लो अदालतले मृत्युदण्डको फैसला सुनाएपछि अनिल मात्रै होइन उनको परिवारको पनि हिजोआज दिन र रात रोएर मात्रै बित्ने गरेको छ । फैसलामा उनलाई ‘गोली हानी मृत्युदण्ड’ दिइने बताइएको छ ।

फैसला सुनाएपछि कतारस्थित नेपाली दूतबासले उनको जीवनरक्षाका लागि पुनरावेदन गराएको छ । पुनरावेदनसँगै सर्वोच्चमा बहस गर्नको लागि लाग्ने वकिल खर्च ६ लाख रुपैयाँ राजदूतावासले सरकारसँग माग गरेको छ ।