रूपबहादुर थापा र धनमाया थापाका जेठो छोरा खगेन्द्र थापा मगर जन्मँदा ६०० ग्रामका थिए। कोटको खल्तीमा राखेर हिँड्न मिल्ने होचो कद भएका खगेन्द्रलाई चर्चामा आउन भने करिब १३ वर्ष लाग्यो तर त्यसपछि उनी विश्वभर चर्चित भए।
गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा विश्वकै होचा व्यक्तिको रूपमा नाम लेखाएका खगेन्द्रको शुक्रवार २७ वर्षको उमेरमा मृत्यु भएको छ।
गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले यसरी सम्झियो खगेन्द्र थापा मगरलाई।
अपुरो रहर
विश्वकै पुड्को भएर पनि व्यक्तित्व भने उँचो बनाएका खगेन्द्रको विवाह गर्ने धोको भने पूरा भएन। खगेन्द्र प्रतिष्ठानका अध्यक्ष मीनबहादुर थापाकी श्रीमती धनकुमारी रानाले शनिवार उनको अन्त्येष्टि सुरु हुनुअघि यो कुराको स्मरण गरेकी थिइन।
खगेन्द्रले होचो व्यक्तिकै हैसियतले अमेरिका, जापान, दक्षिण कोरिया, फ्रान्स र इटलीलगायत एक दर्जन मुलुकको भ्रमण गरेका थिए।
गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स खगेन्द्रले ‘आफ्नो सानो आकारलाई सुखमय जीवन जिउन रोक्न नदिएको’ बताएको छ।




















प्रतिक्रिया