सच्चा मनले पाथिभरा माताको दर्शन गर्दै एक शेयर गर्नुहोस तपाईको मनको इच्छा पुरा हुनेछ !


ताप्लेजुङको पाथीभरा देवी नेपालकै चर्चित धार्मिक पर्यटकीयस्थलकाे रूपमा मानिन्छ । परापूर्वकालमा गाेठालाहरूले पाथिभरा मन्दिर परिषरमा आफ्नो भेडिगाेठ बनाउने गर्थे एक दिन अचानक रातकाे समयमा राखेका भेडाहरू हेर्दा हेर्दै अलप भएकाे र प्रत्यक्ष देवीले दर्शन दिनु भई आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलीसहित पूजा अर्चना गर्ने निर्देशन दिएकाे मान्यता रहिआएको छ । देविले दिएकाे निर्देशन अनुसार बलियाे भेडालाई बलि दिनासाथ हेर्दाहेर्दै बिलाएका अथहा भेडाहरू जस्ताकाे तस्तै त्यहि ठाउमा देखिएपछि देविकाे साच्चै उत्पती रहेकाे किमदन्ती रहदै आएको छ ।

पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका र पाठीको बली चढाइन्छ । तर, बलीस्थलमै रगत हराएको, सीमित रहेको जोकोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन् । किम्वदन्तीलार्इ नमानी शंकाकाे घेरामा राख्ने हाे भने देवीकाे नाममा चढाइएको बलि संख्यालाई दृष्टिगत गर्दा त्यहाँ रगतको पोखरी जम्नुपथ्र्यो तर त्यसो देखिदैन ।यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरुले चढाएको बली स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा रहीआएको छ । पाथीभरा देवीका लागि पशु बली अनिवार्य नभए पनि बली चढाउनु अति उत्तम मानिन्छ ।