
अष्ट्रेलियाको तास्मानिया राज्यस्थित होबार्टमा एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।उनलाई अस्पताल भर्ना गरिएको छ भने उनीसँग नजिकको सम्पर्कमा रहेका चार जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ ।फेब्रुअरी २६ मा नेपालबाट सिंगापुर र सिड्नी हुँदै होबार्ट आएका एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।
‘उनको स्वास्थ्य स्थितिमा सुधार आएको छ’ नेपाली सोसाइटी अफ तास्मानियाकी अध्यक्ष पुनम पन्तले भनिन्, ‘उनले हस्पिटलको सम्पूर्ण निर्देशन पालना गरेकाले आत्तिनुपर्ने अवस्था छैन ।यसैबीच क्यानबेरास्थित नेपाली दूतावासले पनि विभिन्न स्थानमा रहेका नेपाली समुदायमा संयमित एवं सतर्क हुन अपिल जारी गरेको छ ।
दूतावासले भाइरसको संक्रमणबाट सुरक्षित रहन अष्ट्रेलिया सरकार र नेपाल सरकारले जारी गरेको सन्देश पालना गर्न सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गरेको छ ।














प्रतिक्रिया