इटलीमा कोरोना भाइरसबाट २३ डाक्टरको मृत्यु


काठमाडाै‌ं – इटलीमा हालसम्म कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका २३ डाक्टरको मृत्यु भएको चिकित्सकहरुको महासंघले जनाएको छ । ‘दुर्भाग्यवश कोभिड–१९ महामारीको बेला ज्यान गुमाउने डाक्टरहरुको सूची लामो हुँदै गएको छ ।’ महासंघले भनेको छ, ‘मृत्युको कारण सीधै कोरोना भाइरससँग नजोडिएपनि थुप्रै डाक्टरले अचानक ज्यान गुमाइरहेका छन् ।’

ज्यान गुमाउने २३ मध्ये १९ जना डाक्टर लोम्बार्डी क्षेत्रका हुन्। अन्य चार जना नेपल्स, एमिलिया रोमाग्ना र मार्चेका हुन् । इटलीमा भाइरसबाट ४ हजार ८ सय २४ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । कोरोनाबाट सबैभन्दा बढी मृत्यु हुने मुलुक हो इटली। सो देशमा संक्रमितको संख्या ६० हजार नजिक पुग्दा ५ हजार ४ सयभन्दा धेरैको मृत्यु भइसकेको छ । एजेन्सी