प्रधानमन्त्री बालेनको निर्देशन : पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्नू


काठमाडौं – सञ्चारमाध्यमका न्यूजरुममै प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनामा प्रधानमन्त्री, सचिवालय तथा प्रधानमन्त्री कार्यालयको कुनै पनि संलग्नता नरहेको स्पष्ट पारिएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार उक्त घटनाबारे प्रधानमन्त्रीज्यूलाई पूर्वजानकारीसमेत थिएन । घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्रीले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न निर्देशन दिनुभएको थियो ।

त्यसैगरी, समाचार कक्षमा प्रवेश गरी पत्रकार तथा सञ्चारकर्मीमाथि कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई प्रधानमन्त्रीले स्पष्ट निर्देशन दिनुभएको जनाइएको छ ।

न्यूजरुममै पुगेर पत्रकारलाई नियन्त्रणमा लिइएको घटनापछि प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाबारे प्रश्न उठिरहेका बेला प्रधानमन्त्री कार्यालयको यस्तो स्पष्टीकरण आएको हो ।