डायलासिस गराउँदै गर्दा महिलाको मृत्यु, कोरोनाको रिपोर्ट पोजेटिभ आयो !


कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षिय महिलाको डायलासिस गराउँदा गराउँदै मृत्यु भएको छ । महिलाको धनगढीको सेती अस्पतालमा डायलासिस गराउँदै गर्दा शुक्रबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

मृत्यु भएपछि उनको स्वाब पीसीआर विधिबाट सेती अस्पतालकै ल्याबमा परीक्षण गर्दा पोजेटिभ देखिएको उनले बताए । उनले ती महिलामा कोरोनाको कुनै लक्षण देखिएपनि रिपोर्टमा भने कोरोना पोजेटिभ देखिएको बताए ।