जनकपुरधाममा ओलीको अभिव्यक्ति बारे भयो बिरोद हिन्दु धर्मावलम्बी हरु माथि भयो हमला !
प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मस्थल अयोध्या प्रदेश नम्बर २ को विरगंजस्थित ठोरी गाउँमा रहेको भनेर दिएको अभिव्यक्तिको सर्वत्र विरोध भइरहेको छ । सीताको जन्मथलो जनकपुरधाममा पनि प्रधानमन्त्री ओलीको सो अभिव्यक्तिको विरोध भइरहेको छ ।बुधवार जनकपुरधाममा हिन्दू परिषद नेपालले प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नगरमा प्रदर्शन गरेको हो ।
परिषदले प्रधानमन्त्री ओलीले आफ्ना अभिव्यक्ति फिर्ता लिनुपर्छ भन्ने माग गरेको छ ।हिन्दू परिषद नेपाल जनकपुर नगर कमिटीका अध्यक्ष मिथिलेश झाले धर्मको विषयमा राजनीति गर्न हुदैन भन्दै प्रधानमन्त्री ओलीले आफ्ना अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने बताए । उनले वैदिक र सांस्कृतिक रुपमा ओलीले विश्वका करोडाैं हिन्दू धर्मावलम्बी माथि हमला गरेको आरोप लगाए का छन्।
हिन्दू परिषदले जनकपुरधामको रामानन्द चोकबाट रयाली निकाल्दै नगरको विभिन्न भाग परिक्रमा गरी जनक चोकमा पुगेर कोणसभामा गरेको थियो ।
र कोणसभामा परिषदका अध्यक्ष मिथिलेश झा, नागरिक समाजका मुरली मनोहर मिश्र लगायतका वक्ताले प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाए का छन् ।त्यस्तै प्रेस काउन्सिलका सदस्य नवलकिशोर यादवले पनि भगवान रामको जन्मस्थल भारतको उत्तर प्रदेशस्थित अयोध्यामा रहेको सरयुग नदीको किनारामा रहेको र सीताको जन्म मिथिलाको तत्कालीन राजधानी हालको जनकपुरधाममा भएको बताए ।रामनन्दीय वैष्णव संघका महासचिव समेत रहेका प्रेस काउन्सिल सदस्य नवल किशोर यादवले प्रधानमन्त्रीजस्तो व्यक्तिले बोलेका कुराबाट विश्वका हिन्दूहरुको आस्थामाथि नै प्रहार हुनु दुर्भाग्यपूर्ण रहेको बताए ।
र प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले नागरिक समाज, साधु समाज, स्थानीय युवा क्लव, पत्रकार लगायतसँग विमर्श गर्न बैठक आह्वान गरेका छन् । सोही बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिका विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने स्रोतले जनाएको छ ।
प्रतिक्रिया