चीनमा फेरी आर्को नया रोग (ब्यूबोनिक प्लेग) चीनपछि अमेरिकामा पनि देखियो।


 

 

 

 

अहिले सम्पूर्ण विश्व कोरोना भाइरस महामारीसँग जुधिरहेको छ।यो अदृश्य भाइरस विरुद्धको लडाईमा मानव जातिले अहिलेसम्म जीत हासिल पार्न सकेको छैन।कोरोनाबारे विश्वले यस्तो अवस्थाको परिकल्पना यसअघि कहिल्यै गरेको थिएन।कोरोनासँगै विश्वका अगाडी फेरि अर्को समस्या देखा पर्ने पो हो की भन्ने चिन्ता समेत उत्पन्न हुने गरेका छन्।

हालै चीनमा ब्यूबोनिक प्लेग रोगको संक्रमण फेला परेपछि विज्ञहरु सेचत भएका हुन। चीन पछि उक्त रोगको संक्रमण अमेरिकाको कोलोराडोमा पनि भेटिएको छ।एक लोखर्केमा ब्यूबोनिक प्लेग संक्रमण भेटिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन।चीनबाट कोरोना फैलिएपछि फेरि अर्को रोग नफैलिओस् भनेर विज्ञहरुले चिन्ता व्यक्त गर्ने गरेका छन्।

करिब १० दिन अघि चीनमा ब्यूबोनिक प्लेगको संक्रमण फेला परेको रिपोर्ट सार्वजनिक भएको थियो।ब्यूबोनिक प्लेगले यसअघि विश्वमा तीन पटक महामारीको रुप लिइसकेको छ।पहिलो पटक यसले ५ करोड मानिसको ज्यान लिएको थियो। दोस्रो पटक युरोपको एक तिहाइ जनसंख्या र तेस्रो पटक ८० हजार मानिसको ज्यान लिएको थियो।

१० दिन अघि चीनमा फेला परेको यो रोगको प्रकोप अमेरिकामा पनि फेला परको हो।जुलाई ११ मा अमेरिकाको कोलोराडो स्थित मोरिसन शहरमा एक गिलहरी ब्यूबोनिक प्लेग संक्रमित भेटिएको हो।
कोलोराडो प्रशासनले मानिसहरूलाई सतर्क रहन अपील गरेको छ। साथै गिलहरी र नावललाई घरबाट टाढा राख्न आग्रह गरेको समाचारमा जनाइएको छ।