रुपन्देहीको सैनामैना र देवदहमा दुई जनाको शव फेला परेको छ। सैनामैना नगरपालिका वडा नं. ४ कुस्माहा भाटा बस्ने ४० वर्षीय जंगबहादुर मल्लाह मृत अवस्था मा भेटिएका छन् ।बुधबार दिउँसो सवा ३ बजे बक्सड कर्माहास्थित सडकमा मल्लाह मृत फेला परेको र उनको मृत्युबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रन्यौराले जानकारी दिएको छ।
त्यस्तै, देवदह नगरपालिका वडा नं. ७ शितलनगरस्थित मदन आश्रित स्मृति सभाहलको बरन्डामा पहिचान नखुलेका व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ।अन्दाजी ४५/५० वर्ष उमेरको तराई मूलको जस्तो देखिने पुरूषको शव सडिसकेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। र प्रहरीले उक्त घटनाको थप अनुसन्धान सुरू गरेको जनाएको छ।
यस्तै, बुधबार बिहान ९ बजेतिर प्युठानको ऐरावतीस्थित झिमरूक खोला किनारमा एक महिलाको शव फेला परेको छ।
माण्डवी गाउँपालिका वडा नं. ५ की अन्दाजी ६० वर्षीया अमृता खड्का ऐरावती गाउँपालिका वडा नं. ४ धुवाङस्थित झिमरूक खोला किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।
प्रतिक्रिया