खुसिको खबर:नेपालमै भेटियो एस्तो अचम को मान्छे विजय शाही आईन्स्टाइनको भन्दा बढी दिमाग चल्ने नेपाली युवा !


 

 

विजय शाही जसलाई मेमोरी किगंका रुपमा अहिले नेपालमा मात्र होइन विश्वभर चर्चा छ । उनी कालिकोटका स्थानिय युवा हुन् । शाहीले मेमोरी किंगका रुपमा विश्व रेकर्ड कायम गरेका छन् । उनले ३० सेकेण्डमा १ सय भन्दा बढी शब्द सम्झेर विश्व रेकर्ड कायम गरेका हुन् । आफ्ना दाई तथा मित्र मनिष श्रेष्ठ (उनी पनि विश्व रेकर्ड कायम गरेका नै हुन्विश्व रेकर्ड कायम गरेपछि शाहीलाई अहिले अन्तरवार्ता दिन भ्याइ नभ्याई छ ।

उनले एउटा निकै ठूलो किताव सररर हेर्छन त्यसपछि त्यो किताब बन्द गरेर त्यसमा भएका शब्द उत्तिखेरै सुनाउन र लेखेर देखाउन सक्छन् । एक मिनेटमै एक सय भन्दा बढी शब्द याद गर्न सक्ने उनको खुबीकै कारण विश्व रेकर्ड कायम गर्न सफल भएका हुन् ।
कालीकोटका विजय शाहीले मेमोरी किङ विधामा विश्व रेकर्ड कायम गरेपछि कालिकोटमा उल्लास छाएको छ ।

 

 

 

उनी एकै छिनमा विश्वभर चर्चित भए । त्यसका लागि उनले निकै मेहनत र संघर्ष भने गरेका छन् । शाहीले एक मिनेटमा अगाडि र पछाडिबाट ७० शब्द सम्झिएर भनेपछि भारतका प्रतियोगीलाई पछि पार्दै विश्व रेकर्ड राख्न सफल भएका छन् ।यसभन्दा अगाडिका विश्व रेकर्डधारी अर्पण शर्माले एक मिनेटमा ४२ वटा शब्द बोलेर विश्व रेकर्ड बनाएका थिए । शाहीले उनको रेकर्डलाई उछिनेपछि विश्व रेकर्डमा शाहीको नाम लेखिएको छ ।

भुजीलाई कालीकोटका विजय शाहीले उछिनेर विश्व रेकर्ड कायम गरेपछि नासाले बोलाएर प्रमाणपत्र दिएको छ । काठमाडौंको होटल अन्नपूर्णमा एक समारोह आयोजना गरेर शाहीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।उनी अहिले सामाजिक सञ्जाल र अन्तरवार्ताहरुमा देखिने गरेका छन् । उनको यो अद्भुत कलाको प्रस्तुती धेरै युट्युव च्यानलहरुले दिएका छन् ।

दुर्गम गाउँमा जन्मेका शाहीले गाउँकै विद्यालयवाट प्रमाणपत्र तह पास गरेका थिए। उनले पहिलो पटक चीनमा भएको प्रतिस्पर्धामा प्वाइन्ट ५ ले पछि परेपछि भारतका सागर भुजीले विश्व रेकर्ड कायम गरेका थिए