विश्वका विभन्न देशहरु बिच अहिले कोरोनाको खोप बनाउने होड बाजी नै चलेको छ तर कुनै पनि देशले यसको नतिजा भने दिइसकेका छैनन् । यसैबिच बेलायतमा अर्को एक कोरोना भाइरसविरुद्धको खोपले पनि सकारात्मक परिणाम दिएको खबर बाहिर आएको छ ।
समाचारमा जनाइए अनुसार बेलायतका स्वस्थ्यमन्त्री मेट ह्यानककले इम्पिरियल कलेज अफ लन्डनका अनुसन्धानकर्ताहरु प्रति आभार प्रकट गर्दै शनिबार यी अनुसन्धानकर्ताले बनाएको खोप अर्को चरणमा प्रवेश गरेको बताएका हुन्।१८ देखि ७५ वर्षसम्मका १ सय ५ व्यक्तिहरुमा हाल सम्म तीन पटक परीक्षणका लागि प्रयोग गरिएको छ।
यो परिक्षणले सुरुवाती चरणमा सकारात्मक परिणाम दिएपछि ५ व्यक्तिहरुमा परीक्षणका लागि प्रयोग गरिएको थियो । यसको परिणाम आएपछि यस खोपको प्रभावकारिताको बारेमा थप पत्ता लाग्ने बताइएको छ । यस ट्रायलमा ४ करोड पाउन्ड लगानी गरिएको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया