नेपाली काँग्रेसका युवा नेता गगन थापाको आज जन्मदिन हो । २०३३ सालमा काठमाडौंको प्रसूति गृहमा जन्मिएका नेता थापाका मातापिता महेन्द्र कुमार थापा र रामेश्वरी थापा हुन्। उनका हजुरबुवा सोलुखुम्बु जिल्लाको खाल्पा गाउँका धनी मुखिया भीमराज थापा हुन्। उनको जन्म कश्यप गोत्री गोदार थापा कुलमा भएको हो ।
गगनको बाल्यकालका केही समय सिन्धुपाल्चोक जिल्लामा बित्यो। २०४६ सालको जनआन्दोलनमा सक्रिय भएयता लगातार चर्चामा रहेका गगन नेपालीहरुको ढुकढुकी हुन् । २ पटक सांसद, एक पटक स्वास्थ्यमन्त्री भएर सरकारमा समेत सहभागीता जनाएका गगन दोस्रो सविधान सभामा कृषि तथा जलस्रोत समितिको सभापति को प्रभावशाली भूमिका निर्वाह गरेपछि थप चर्चा रहे ।
समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका थापाले काग्रेसका नेता अर्जुन नरसिंह के।सी।की छोरी डा।अञ्जना के।सी सँग २०६५ वैशाखमा विवाह गरेका हुन् ।
गगन र अञ्जनताका २ छोरीहरु छन् । जन्मदिनको अवसरमा एकाबिहानैदेखि नेता थापालाई शुभकामनाको ओइरो लागेको छ जन्मदिनको अवसरमा तितोसत्यबाट चर्चामा आएका हाँस्य अभिनेता निर्मल शर्मा गैँडाले सामाजिक संजालमा गगनलाई शुभकामना दिएका छन् ।
प्रतिक्रिया