पोखराबाट आजदेखि दुबई नियमित उडान


पोखरा । लामो समयको प्रतीक्षापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि फ्लाई दुबईले पोखरा–दुबई नियमित उडान सुरु गर्दैछ।

निर्धारित तालिकाअनुसार बुधबार साँझ ६ः१५ बजे दुबईबाट फ्लाई दुबईको जहाज पोखरा अवतरण गर्नेछ भने साँझ ७ः१५ बजे पोखराबाट दुबईका लागि उडान भर्नेछ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएयता हालसम्म ७३ वटा चार्टर्ड र ७३ वटा नियमित गरी कुल १४६ वटा अन्तर्राष्ट्रिय उडान भएका छन्।