यो वर्ष कुन राशिको भाग्य कस्तो छ ? हेर्नुहोस्


नयाँ वर्ष आउन लाग्दा हजुरको मनमा लाग्न सक्छ कि मेरो बि. स. २०७७ साल के कस्तो होला? मैले बनाएका योजना सफल हुने हुन कि होईनन? मेरोे शिक्षा, स्वास्थ्य, नोकरी, पेशा तथा व्यावसाय, प्रेम सम्बन्ध, पारिवारिक जिवन, बैदेशिक यात्रा? बारे के होला भनेर हजुरको मनमा कुराहरु खेली रहेका होलान? यसै लाई मध्यनजर गर्दै मैले बि.सं. २०७७ सालमा ग्रह गोचर को अवस्था बिष्लेषण गरि मेष देखि मिन सम्म यो वार्षिक राशिफल तयार गरेकोे छु। तपाईका लागि के उपाय गर्दा यो वर्ष सफल एवं प्रभावकारी हुन्छ भन्ने बारे जानकारी पनि प्रस्तुत गर्नेछु । म यो वर्ष तपाईका लागि मुख्य सबल पक्षहरु, मुख्य कमजोर पक्षहरु, ग्रह शान्ति उपाय, शुभ अंक, शुभ रंग, शुभ दिशा लगायत महत्वपूर्ण विषयहरु लाई समेटेर राशिफल प्रस्तुत गर्नेछु ।

यो वर्ष ग्रह गोचरको अवस्था : यो वर्ष मुख्य ग्रहहरु बृहस्पति धनु राशिमा गोचर गर्ने छन । राहु मिथुन राशिमा, केतु धनु राशिमा, शनि मकर राशिमा रहनेछन । असोज ७ गते बाट राहु वृष राशिमा र केतु वृश्चिक राशिमा स्थानान्तरण हुनेछन। मुख्य ग्रह हरुका साथै समग्रमा अन्य ग्रहहरुको गोचर र दृष्टिलाई समेत आधार मानी यो वार्षिक राशिफल बि.सं. २०७७ तयार गरिएको छ ।

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries): मेष राशिका लागि यो वर्ष सुखद एवं सफल रहनेछ। तपाईका लागि मुख्य ग्रहहरु राहु तृतिय भावमा, शनी र बृहस्पती कर्म स्थान र केतु भाग्य स्थानमामा गोचर गर्नेछन । यो वर्ष तपाइका लागि मुख्य सबल पक्षहरु १. तपाईको पेशा र व्यापार मा ठुलो सफलता हात लाग्नेछ। नोकरीका लागि प्रयासरत हुनुहुन्छ भने तपाईले सोचेको क्षेत्रमा सफलता प्राप्त हुने योग छ। कुनै निजी वा गैरसरकारी संस्थामा कार्यरत हरुका लागि बढुवा हुने एवं जिम्मेवारी बढ्ने योग छ। लोकसेवा अध्ययन वा कुनै संघ संस्थामा जागिरका लागि प्रयासरत हुनुहुन्छ भने यो वर्ष नाम निक्लिने योग छ। व्यापार व्यावसायमा संलग्न हरुले राम्रो मुनाफा आर्जन गर्ने योग छ। व्यावसाय विस्तार हुनुका साथै आम्दानीका नयाँ स्रोतहरु देखिने छन।

२. बृहस्पतीको अनुकुल प्रभावका कारण अध्ययन अध्यापन कार्य सफल रहनेछ। सिर्जनात्मक एवं कलात्मक क्षेत्रबाट समाजमा ईज्जत प्रतिष्ठा बढ्नुका साथै नाम र दाम कमाउन सकिने वर्ष छ। ३. बैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ । बिदेश यात्राको चाहाना राख्नु भएको छ भने यो वर्ष पुरा हुनेछ। ४. आफुलाई मनलागेको भौतिक सुख सुबिधा किन्न सकिनेछ। सामाजिक कार्यमा मन जानेछ भने उच्च पदस्थ व्यक्ति एवं संस्था बाट सम्मान प्राप्त हुने योग छ ।

५. पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । आफ्नो जिवन साथि सँगको घनिष्ठता थप मजबुत हुनेछ। साझेदारीमा कुनै नयाँ कार्य को शुरुवात हुन सक्नेछ । ६. विद्यार्थी वर्गका लागि पनि यो वर्ष उत्तम रहेको छ । सफलताका लागि सहि योजना बनाएर कार्यान्वयनमा ध्यान दिनु उत्तम हुनेछ। उच्च शिक्षाका लागि विदेश यात्राको योग छ। यो वर्ष तपाईका लागि कमजोर पक्षहरु ७. असोज ७ गते बाट राहु धन स्थान र केतु अष्टम भावमा गोचर गर्ने हुनाले खर्चको मात्रा बढ्ने र स्वास्थ्यमा समस्या देखिन सक्नेछ।

८. राहु र केतुको प्रभाव प्रतिकुल रहनाले पुख्यौली सम्पतीमा विवाद आउने तथा आफ्ना दाजुभाई सँग आर्थीक लेनदेनका विषयमा विवाद आउन सक्नेछ। ९. मानसिक चिन्ता बढ्न सक्नेछ । तपाईका लागि यो वर्ष शुभ अंक ९, १८ र २७, शुभ दिशा पुर्व र शुभ रंग रातो हुन । यो वर्ष ग्रहको शुभ प्रभावका लागि मंगलबार भगवान श्री गणेशको पुजा आराधना गर्नु उत्तम हुनेछ।

बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : वृष राशिका लागि यो वर्ष मिश्रित रहने देखिन्छ। यो वर्ष तपाईका लागि राहु धन स्थानमा, केतु अष्टम भावमा, बृहस्पती र शनीको गोचर भाग्य स्थानमा हुनेछ। असोज ७ गते पछि भने राहु शिरमा र केतुको गोचर सप्तमा भावमा हुनेछन । तपाईका लागि यो वर्ष देखिने राम्रा पक्षहरु १. भाग्य स्थानमा बृहस्पतीको गोचर रहने हुनाले धार्मीक एवं सामाजिक क्षेत्रमा कार्य गर्नु उपलब्धिमुलक हुनेछ। सामाजिक क्षेत्रबाट तपाईको योगदान स्वरुप सम्मान प्राप्त हुने योग छ। २. फलाम तथा प्रबिधि जस्ता क्षेत्रको व्यापार व्यावसाय बाट राम्रो फाईदा हुनेछ । व्यापार व्यावसायमा वृद्दि हुनेछ। ३.बिद्यार्थीका लागि सफल वर्ष रहनेछ। अध्ययन अध्यापन का क्षेत्रमा उल्लेखनीय सुधार हुनेछ ।

४. बिज्ञापन तथा सञ्चार का क्षेत्र बाट लाभ लिन सकिनेछ। ५. नोकरीमा सफलता प्राप्त हुनेछ। बेला बेला कठिन चुनौतीहरु देखिएपनि तपाईको मेहेनत र सुझबुझका कारण समग्रमा उपलब्धिमुलक वर्ष रहनेछ । ६. यो वर्ष प्रेम तथा पारिवारिक जिवन सकारात्मक रहनेछ। यो वर्ष देखिन सक्ने कमजोर पक्षहरु ६. बिषेश गरि राहुको प्रभाव धन स्थानमा हुने हुनाले वर्षको मध्यभाग सम्म आर्थीक उतारचढावको सामना गर्नु पर्ने देखिन्छ । लेन देनका विषयमा विवाद पर्न सक्नेछ । लगानी फस्न सक्ने हुनाले कुनै पनि क्षेत्रमा लगानी गर्नु अगाडी विज्ञ व्यक्तिको साथ र सल्लाह लिनु उत्तम हुनेछ ।

७. अष्टम भावमा केतुको प्रभाव रहने हुँदा स्वाथ्यमा समस्या देखिने एवं चोटपटक को पनि सम्भावना प्रबल रहने देखिन्छ। सचेत रहनु उत्तम हुनेछ । यो वर्ष शुभ अंक ६, १५ र २४ हुन्, शुभ रंग सेतो एवं समुन्द्र र शुभ दिशा दक्षिण रहनेछन । यो वर्ष ग्रहको शुभ फल प्राप्तिका लागि शनिस्तोत्र पाठ, हनुमान चालिसाको पाठ लगायतका शान्ति कर्म गर्नु उत्तम हुनेछ ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : मिथुन राशिका लागि यो वर्ष मिश्रित फलदायी रहनेछ । तपाईका लागि मुख्य ग्रहहरु को गोचर राहु लग्न भावमा, केतु सप्तम भावमा, शनी र बृहस्पतीको गोचर अष्टम भावमा हुनेछ । तपाईका लागि यो वर्ष देखिने मुख्य सबल पक्षहरु १. यो वर्ष दीर्घकालीन महत्वको वा पछि फाईदा हुने कुनै कार्यको शुरुवात हुन सक्ने देखिन्छ। २. यो वर्ष तपाईले कुनै पनि विषयमा गहिरो खोज र अनुसन्धान गर्न सक्षम हुनु हुनेछ । ३. पारिवारि सम्बन्ध मा सामान्य उतार चढाव देखिए पनि समग्रमा सफल वर्षको रुपमा रहनेछ ।

४. भौतिक सुख सुबिधामा वृद्धि हुनेछ । नयाँ सामान खरिद गर्ने योग छ। ५. आयात निर्यात एवं बैदेशिक क्षेत्र सँग सम्बन्धित कारोबार बाट तुलनात्मक रुपमा बढि फाईदा हुनेछ। देश बिदेशको यात्रा हुनेछ । यो वर्ष देखिने कमजोर पक्षहरु ६. बृहस्पती ग्रह कमजोर रहने हुनाले विद्यार्थी वर्गका लागि बढि चुनौती पूर्ण वर्ष रहनेछ । धेरै परिश्रम गर्दा समेत उपलब्धि भने सामान्य प्राप्त हुने योग छ ।

७. मिथुन राशि लाई यो वर्ष अढैया शनिको प्रभाव रहने हुनाले शरिरमा आलस्यता बढ्ने, कार्यमा ढिलासुस्ती हुने, झुटा आरोप लाग्ने एवं मनमा वेचैनी बढ्न सक्नेछ। तर जन्म कुण्डलीमा शनी बलवान एवं शुभ छन भने खराब प्रभावमा कमी हुनेछ । यो वर्ष तुलनात्मक रुपमा बैशाख, भदौ, मंसिर र चैत महिना बढि शुभ रहेका छन । यो वर्ष तपाइका लागि शुभ अंक ५, १४, २३ हुन, शुभ रंग हरियो र सुन्तला र शुभ दिशा पश्चिम हुनेछ । यो वर्ष ग्रहको शुभ प्रभावका लागि शनिबार पिपलमा जल चढाउनु एवं मठमन्दिरको सफाई गर्नु शुभ हुनेछ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : कर्कट राशिका लागि यो वर्ष उत्तम रहेको छ। तपाईका लागि मुख्य ग्रहहरु केतु छैठौं भावमा,बृहस्पती र शनी सप्तम भावमा, र राहु व्यय भावमा रहने छन । तपाईका लागि सबल पक्षहरु १. यो वर्ष तपाईका प्रतिस्पर्धिहरु कमजोर हुनेछन । तपाईको दृढ आत्मविश्वास का कारण कठिन कार्यहरु समेत सम्पन्न हुन सक्नेछन । व्यापार व्यावसायबाट राम्रो फाईदा हुनेछ। २. राजनितीक एवं सामाजिक क्षेत्रमा तपाईको उचाई बढ्नेछ । ३. नोकरी गर्नेहरुका लागि उत्तम वर्ष रहनेछ । तपाईको कार्यको उच्च मुल्याङ्कन हुनेछ । ४. यो वर्ष परिवार एवं जिवनसाथी का साथ नयाँ नयाँ ठाउँमा भ्रमणमा जाने योग बन्नेछ। तपाईको प्रेमी वा जिवनसाथी बाट दरिलो आर्थीक एवं भावनात्मक सहयोग प्राप्त हुनेछ ।

५. सिर्जनात्मक एवं कलात्मक क्षेत्रमा सक्रिय रहने हरुले नयाँ उचाई प्राप्त गर्ने योग छ। ६. सन्तान बाट सुख प्राप्त हुनेछ । यो वर्ष देखिन सक्ने कमजोर पक्षहरु ७. बेला बेला परिवारमा विश्वासको संकट देखिन सक्नेछ । ८. पढाईमा मध्यम समय रहने हुनाले बढि परिश्रम गर्न आवश्यक देखिन्छ । ९. यो वर्ष भोग विलासमा बढि धन खर्च हुन सक्नेछ । खर्च नियन्त्रण मा ध्यान दिनुहोला। तपाईका लागि यो वर्ष शुभ अंक २, शुभ रंग सेतो र गुलाबी, र शुभ दिशा उत्तर र पुर्व रहनेछन । यो वर्ष ग्रहको शुभ प्रभावका हनुमान चालीसा पाठ गर्नु शुभ हुनेछ ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : सिंह राशिका लागि यो वर्ष सबल रहनेछ। तपाईका लागि मुख्य ग्रहहरु केतु पञ्चम भावमा, शनि र बृहस्पती छैठौं भावमा र राहु लाभ स्थानमा हुनेछन । यो वर्ष तपाईका लागि मुख्य सबल पक्षहरु १. अगाडी देखि पुरा हुन नसकेका वा अधुरा रहेका कार्यहरु यो वर्ष पुरा हुनेछन । तपाईको सफलताका लागि नयाँ अवसर सिर्जना हुनेछ। ्२. यो वर्ष आर्थीक अवस्था सबल रहनेछ । उद्योगीहरुका लागि नयाँ क्षेत्र बाट मालसामान का लागि अडर्रहरु आउनेछन । अचानक लाभ प्राप्त हुने अवस्था देखिन्छ । कृषि क्षेत्र का साथै बैदेशिक क्षेत्र सँग सम्बन्धित कारोबार बाट बढि लाभ हुने देखिन्छ ।

३. नोकरी गर्नेहरुका लागि पनि पदोन्नती हुने एवं सेवा सुबिधा बढ्ने योग छ । कार्य स्थलमा जिम्मेवारी थप हुनेछ । उच्च पदस्थ व्यक्ति बाट प्रशंसा एवं पुरस्कार प्राप्त हुनेछ । ४. बिद्यार्थीको पढाईमा महत्वपूर्ण सुधार हुनेछ। विभिन्न मेडल तथा पुरस्कार पाउने योग छ। सचेत भएर निरन्तर अध्ययन गर्नु आवश्यक छ । ५. प्रेम तथा पारिवारिक जिवन सकारात्मक रहनेछ । जिवनसाथी सँगको सम्बन्ध सकारात्मक रहनेछ । परिवारमा मांगलिक कार्यहरु सम्पन्न हुनेछन। आध्यात्मिक कार्यमा सरिक हुने एवं धार्मीक भ्रमणमा जाने योग छ । यो वर्ष देखिन सक्ने कमजोर पक्षहरु ६. विशेष गरि कुटुम्ब सँगको कारोबार मा विवाद उत्पन्न भएर समस्या आउन सक्नेछ ।

७. प्रेमी सँग विवाद भएर सम्बन्ध छुट्न सक्नेछ । सचेत भएर ईमान्दारिताका साथ आफ्नो जिम्मेवारी पुरा गर्नु उत्तम हुनेछ । ८. सन्तानको स्वास्थ्य मा बढि खर्च हुन सक्नेछ । तपाईका लागि यो वर्ष तुलनात्मक रुपमा जेठ, असार, मंसिर र माघ महिना बढि लाभ दायक रहेका छन । तपाईका लागि शुभ अंक १ र शुभ रंग रातो र पहेलो रहनेछन । यो वर्ष ग्रहको शुभ प्रभावका लागि गायत्री मन्त्र जप गर्नु, भगवान सूर्यलाई जल चढाउनु एवं पुजा आराधना गर्नु शुभ हुनेछ ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : कन्या राशिका लागि यो वर्ष सफल रहनेछ । तपाईका लागि मुख्य ग्रहहरु केतु चतुर्थ भावमा, बृहस्पती र शनि पञ्चम भावमा, र राहु कर्म भावमा रहनेछन । तपाईका लागि यो वर्ष देखिने मुख्य सबल पक्षहरु १. यो वर्ष जग्गा जमिन तथा घर निर्माण सम्बन्धि कारोबार बाट राम्रो फाईदा हुनेछ । समग्र व्यापार व्यावसायमा पनि उन्नती र प्रगतीको वर्ष रहनेछ । २. नोकरीमा सफलता मिल्ने र कार्यरतहरुका लागि सेवा सुबिधा बढ्ने योग छ। ३. विद्यार्थीको पढाईका लागि कोशेढुङ्गा सावित हुन वर्ष छ। कुनै प्रतियोगितात्मक परिक्षा सफलता प्राप्त हुन सक्नेछ । बैदेशिक क्षेत्रमा अध्ययनमा जान चाहने विद्यार्थीहरुका लागि उपयुक्त अवसर आउनेछ ।

४. आफ्ना दाजुभाई एवं साथीहरु बाट अप्ठ्यारो परिरिस्थितीमा साथ र सहयोग प्राप्त हुनेछ । ५. यो वर्ष बौद्धिक व्यक्ति हरु सँग घनिष्ठता बढ्नेछ । रचनात्मक एवं सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा प्राप्त हुनेछ । ६. प्रेम तथा पारिवारिक जिवन सकारात्मक रहनेछ । परिवारका सदस्य सँग बेला बेला छोटा एवं रमाईला यात्राहरु ले गर्दा मन प्रफुल्ल रहनेछ । ७. राजनितिक तथा सामाजिक क्षेत्रमा पनि तपाईको ख्याती बढ्नेछ । तपाईका लागि कमजोर पक्षहरु ८. धनसम्पती सम्बन्धि विवाद उठ्न सक्नेछ ।

९. बैदेशिक क्षेत्रमा रहेर कार्य गर्ने हरुले सोचे जति सफलता पाउन कठिन हुनेछ । १०. स्वास्थ्य अवस्था हेर्दा विशेष गरि आँखा तथा पेट सम्बन्धि समस्याले सताउन सक्नेछ । आफ्नो स्वास्थ्यको राम्रो ख्याल गर्नुहोला । यो वर्ष तुलनात्मक रुपमा असार, साउन, पुष र फागुन महिना बढि लाभदायक रहेका छन। तपाईका लागि यो वर्ष शुभ अंक ५, शुभ बार बुधबार र शुभ रंग हरियो र सुन्तला हुन । यो वर्ष ग्रहको शुभ प्रभावका लागि विष्णु सहस्रनाम स्तोत्रा पाठ वा श्रवण गर्नु शुभ हुनेछ ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : तुला राशिका लागि यो वर्ष सकारात्मक रहनेछ। यो वर्ष तपाईका लागि मुख्य ग्रहहरु केतु तृतीय भावमा, बृहस्पती र शनी चतुर्थ भावमा, राहु भाग्य स्थानमा गोचर गर्नेछन । मुख्य सबल पक्षहरु १. कुनै मुद्धामामीला वा वादविवादमा तपाईको विजय हुने योग छ। २. यो वर्ष प्रशस्त धनसम्पत्ति आर्जन हुने र बचत पनि हुने योग छ । नयाँ क्षेत्रमा लगानी गर्ने अवसर जुट्नेछ । आम्दानी का नयाँ स्रोतहरु फेला पर्नेछन । ३. अघिल्लो वर्ष देखि अपुरा रहेका काम तथा आयोजना यो वर्ष पुरा हुनेछन । कर्मचारी वर्गका लागि काम गर्न नयाँ अवसरहरु आउने छन ।

४. विपरित लिङ्गी साथीको महत्वपुर्ण साथ र सहयोग ले आईपर्ने चुनौतिहरु पन्छाउन सजिलो हुनेछ । ५. परिवारमा सुख र शान्तिको माहोल बन्नेछ । हरेक कार्यमा पारिवारिक सहयोग मिल्नेछ । ६. अध्ययनमा सफलता मिल्नेछ । बिद्यार्थीका लागि यो वर्ष सुनौलो रहेको छ । तपाईको परिश्रम को उच्च कदर हुनेछ । आफुले सोचे जस्तो अंक हासिल गर्न समयले साथ दिनेछ। ५. यो वर्ष तपाईको प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । ६. बिदेश यात्राको योग छ। यो वर्ष देखिने कमजोर पक्षहरु

७. तुला राशिलाई यो वर्ष अढैया शनिको प्रभाव हुनेछ । जन्मकुण्डलीमा शनि कमजोर हुने व्यत्तिलाई शनिको खराब प्रभाव ले सताउन सक्नेछ। झुटा आरोपहरु लाग्ने, कार्यमा ढिलासुस्ती हुने, सञ्चित धनको नाश हुने एवं मनमा अशान्ति पैदा हुन सक्नेछ । शनिको शुभ फल प्राप्तिका लागि शनिस्तोत्र पाठ, हनुमान चालिसाको पाठ लगायतका शान्ति कर्म गर्नु उत्तम हुनेछ। यो वर्ष तुलनात्मक रुपमा साउन, भदौ, माघ र चैत्र महिना बढि उपलब्धि मुलक रहेका छन। तपाईका लागि शुभ अंक ६, शुभ अंक सेतो र हरियो रहनेछ भने शुभ दिशा पश्चिम हुनेछ । यो वर्ष ग्रहको शुभ प्रभावका लागि हनुमान चालीसाको पाठ गर्नु एवं हनुमानको पुजा आराधना गर्नु शुभ हुनेछ ।

बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : बृश्चिक राशिका लागि यो वर्ष शुभ रहने छ । तपाईका लागि मुख्य ग्रहहरु केतु धन स्थानमा, बृहस्पती र शनी तृतीय भावमा, र राहु अष्टम भावमा रहनेछन । यो वर्ष देखिने मुख्य सबल पक्षहरु १. हरेक कार्यमा परिवारको साथ र सहयोग मिल्नेछ। सन्तान बाट सुख प्राप्त हुनेछ । २. त्यसै अल्झिएर रहेका कार्यहरु यो वर्ष पुरा हुनेछन । दीर्घकालीन महत्वको नयाँ कार्यको शुभारम्भ यो वर्ष हुन सक्नेछ। आफ्नो काम प्रतिको लगनशिलता र दृढताले तपाईलाई नयाँ उचाईमा पुर्याउने छ।

३. व्यापार व्यावसाय हेर्दा विशेष गरि कृषि तथा पशुजन्य वस्तु तथा सेवाको कारोबार बाट बढि लाभ हुने देखिन्छ । नोकरी गर्नेहरुका लागि स्वतन्त्ररुपमा आफ्नो काम गर्न पाईने बातावरण बन्नेछ। कामको शिलशिलामा रमाईला एवं उपलब्धिमुलक यात्राहरु हुनेछन । ४. यो वर्ष तिर्थयात्रामा एवं बिभिन्न पर्यटकीय स्थलको भ्रमणमा निस्कने योग छ। ५. बिद्यार्थीको पढाईका लागि उत्तम वर्ष रहेको छ । उच्च शिक्षा वा रोजगारिका शिलशिलामा बिदेश जाने योग छ। ६. बैदेशिक क्षेत्र सँग सम्बन्धित काममा सफलता मिल्नेछ । यो वर्ष देखिने कमजोर पक्षहरु

७. आफनो जिद्धिपनका कारण प्रेम सम्बन्धमा संकट देखिन सक्नेछ । सचेत रहनु आवश्यक छ। ८. अनावश्यक विवाद एवं मुद्धामामीलामा पर्न सकिन्छ। सचेत रहनुहोला । यो वर्ष तुलनात्मक रुपमा बैशाख, भदौ, असोज र फागुन महिना बढि उपलब्धिमुलक रहेका छन । यो वर्ष तपाईका लागि शुभ अंक ९, शुभ रंग रातो हुनेछ र शुभ दिशा उत्तर हुनेछ । यो वर्ष ग्रहको शुभ प्रभावका लागि गरिब दःुखी एवं अनाथलयमा गएर बालीकाहरुका लागि रातो कपडा बितरण गर्नु उत्तम हुनेछ ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

धनु राशिका लागि यो वर्ष मिश्रित रहनेछ । तपाईका लागि यो वर्ष मुख्य ग्रहहरु केतु शिरमा, शनी र बृहस्पती धनस्थानमा, र राहु सप्तम भावमा गोचर गर्नेछन । यो वर्ष तपाईका लागि सबल पक्षहरु १. बृहस्पती केहि कमजोर भएपनि धन स्थानमा बलियो प्रभाव रहने हुनाले व्यापार व्यावसाय बाट प्रशस्त धन आर्जन हुनेछ । सञ्चार सिपमा उल्लेख्य प्रगति हुनेछ । २. पेशागत सवाल यो वर्ष सबल रहनेछ । नोकरीमा सफलता मिल्नेछ भनें बढुवा समेत हुने योग छ । ब्यापार व्यावसाय मा मिश्रित अवस्था रहनेछ। उचित समयमा गरिएको सहि निर्णयबाट लगानी अनुसार प्रतिफल भने प्राप्त हुनेछ । ३. यो वर्ष तपाईको सामाजिक एवं राजनितीक उचाई बढ्नेछ । अरुका लागि केहि गरौं भन्ने भावना जागृत हुनेछ। समाज मा शान्ति र सद्भाव कायम गर्न तपाईको अहम भुमीका हुन सक्नेछ।

४. यो वर्ष अध्ययन अध्यापन कार्य सफल रहनेछ । बिद्यार्थीलाई अध्ययन कार्यमा मन जानेछ । आफ्ना प्रतिस्पर्धिलाई राम्रो चुनौती दिन सक्नुहुनेछ । ५. नोकरी गर्नेहरुका लागि सकारात्मक वर्ष रहनेछ। ६. तपाईको साथीभाई सँग रमाईला पल हरु व्यतित हुनेछन । कार्य स्थलमा सहकर्मी साथी बाट साथ र सहयोग प्राप्त हुनेछ । यो वर्ष देखिने कमजोर पक्षहरु ७. पारिवारिक जिवन भने यो वर्ष कमजोर रहन सक्नेछ । विशेष गरि आफ्नो जिवन साथी सँग विश्वासको संकट देखिन सक्नेछ । परिवारका सदस्यको स्वास्थ्य बिग्रनाले सञ्चित धन खर्च हुन सक्नेछ ।

८. यो वष प्रेम सम्बन्ध मिश्रित रहनेछ । प्रेम तथा पारिवापरक जिवन सुमधुर बनाउन तपाईको अहंकार र उच्च संवेग नियन्त्रण गर्नु आवश्यक छ। यो वर्ष धनु राशि लाई मध्य शनि शाढेशातीको प्रभाव रहने हुनाले जन्मकुण्डलीमा शनि अशुभ हुने व्यक्तिहरु लाई झुटा आरोपहरु लाग्ने, कार्यमा ढिलासुस्ती हुने, सञ्चित धनको नाश हुने एवं मनमा अशान्ति पैदा हुन सक्नेछ । शनिको शुभ फल प्राप्तिका लागि शनिस्तोत्र पाठ, हनुमान चालिसाको पाठ लगायतका शान्ति कर्म गर्नु उत्तम हुनेछ। यो वर्ष जेठ, असोज, कार्तिक र चैत्र महिना बढि लाभदायक रहेका छन् । यो वर्ष तपाईका लागि शुभ अंक ३, १२ र २१ हुनेछ, शुभ रंग सुल्तला र पहेंलो, शुभ दिशा पुर्व हुनेछन । यो वर्ष ग्रहको शुभ प्रभावका लागि बुधबार भगवान श्री बिष्णुको पुजा आराधना गर्नु वा शनिबार पिपलमा जल चढाउनु एवं खाने तेल दान गर्नु शुभ हुनेछ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : मकर राशिका लागि यो वर्ष मिश्रित रहने देखिन्छ । यो वर्ष तपाईका लागि मुख्य ग्रहहरु शनि र बृहस्पती शिरमा, राहु छैठौं भाव र केतु बाह्रौं भावमा हुनेछन। यो वर्ष तपाईका लागि मुख्य सबल पक्षहरु १. यो वर्ष तपाईको सामाजिक सम्बन्धमा महत्वपूर्ण सुधार हुनेछ। समाजमा ईज्जत र प्रतिष्ठा बढ्नेछ। २. यो वर्ष प्रशासनिक क्षेत्रका काम हरु बन्नेछन । सरकारी निकाय बाट हुन नसकेका कार्यहरु यो वर्ष पुरा हुनेछन । ३. आर्थीक उपार्जनका लागि नयाँ नयाँ काम मा हात हाल्ने योग छ। त्यसलाई सफल बनाउन सहियोजनाका साथ निरन्तर परिश्रम आवश्यक छ। असल कार्य बाट धन आर्जन हुनेछ । यो वर्ष सन्तान बाट समेत आर्थीक सहयोग प्राप्त हुने योग छ । व्यापार व्यावसाय मा विस्तार हुनेछ ।

४. शत्रुहरु पराजित हुनेछन । आफ्ना साथिभाई बाट महत्वपुर्ण साथ र सहयोग प्राप्त हुनेछ । ५. प्रेम तथा पारिवारिक जिवन सुखद रहनेछ । आफ्नो प्रेमीको हरेक सुख दुखमा साथ र सहयोग प्राप्त हुनेछ । ६. विभिन्न तिर्थस्थल मठमन्दिर एवं नयाँ ठाउँको भ्रमण मा गएर रमाईलो गर्ने योग छ। यो वर्ष देखिने कमजोर पक्षहरु ७. आम्दानीको तुलनामा खर्चको मात्रा बढ्नेछ। अनावश्यक खर्च नियन्त्रण चुनौती बन्न सक्नेछ। ८. नोकरी गर्नेहरुका लागि कार्यमा अपजस वा आरोप खेप्नु पर्ने अवस्था आउन सक्नेछ ।

९. मकर राशि लाई यो वर्ष शनी शाढेशातीको प्रभाव रहने हुनाले आलस्यता बढ्ने, झुटा आरोप लाग्ने, कार्यमा ढिला सुस्ती हुने अवस्था आउन सक्छ । तर जन्म कुण्डलीमा शनी शुभ भएमा खराब प्रभाव हुने छ्रन। तपाईका लागि तुलनात्मक रुपमा असार, कार्तिक र मंसिर महिना बढि लाभ दायक रहेका छन। यो वर्ष तपाईका लागि शुभ अंक १, १० र १९ हुनेछ, शुभ रंग निलो र शुभ दिशा दक्षिण रहनेछ। यो वर्ष ग्रहको शुभ प्रभावका लागि भगवान श्री गणेशको पुजा आराधना गर्नु शुभ हुनेछ ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : कुम्भ राशिका लागि यो वर्ष मिश्रित रहने देखिन्छ । तपाईका लागि मुख्य ग्रहहरु राहु पञ्चम भावमा, केतु लाभ स्थानमा, शनी र बृहस्पती व्यय भावमा रहनेछन । यो वर्ष तपाईका लागि मूख्य सबल पक्षहरु १. व्यापार व्यावसाय बाट लाभ हुनेछ । विशेष गरि बैदेशिक क्षेत्र सँग सम्बन्धित बस्तु तथा सेवाको कारोबार बाट बढि लाभ हुनेछ । बिदेश यात्राको सम्भावना राम्रो छ। २. अधुरा रहेका कार्यहरु पुरा हुनेछन । बौद्धिक एवं सिर्जनात्मक क्षमता बढ्नेछ । ३. शत्रुहरु पराजित हुनेछन । आफ्ना विरोधिहरु लाई जित्न सक्नुहुनेछ । ४. नोकरी गर्नेहरुका लागि सकारात्मक समय छ। आफुले गर्ने कार्यमा सन्तुष्टि मिल्नेछ। ५. आध्यात्मिक एवं सामाजिक कार्यमा मन जानेछ । अरुको सुखदुखमा साथ दिन सकिने योग छ।

६. अध्ययन अध्यापन क्षेत्रमा राम्रो प्रगति हुनेछ । कुनै पनि प्रतियोगितात्मक परिक्षामा सफल हुन ग्रहले साथ दिनेछ । यो वर्ष देखिने कमजोर पक्षहरु ७. स्वास्थ्य अवस्था मा विभिन्न उतारचढावहरु आउने देखिन्छ। केहि समय अस्पतालमा भर्ना हुने अवस्था आउन सक्नेछ । ८. आम्दानी सँगै खर्चको मात्रा पनि बढ्ने योग छ। बचतका लागि संघर्ष गर्नु पर्ने देखिन्छ। यो वर्ष वर्तमान स्थान बाट बसाई सर्ने योग छ। ९. यो वर्ष प्रेम सम्बन्धमा पनि समस्या देखिने एवं सम्बन्ध टुट्न सक्नेछ । सचेत रहनु आवश्यक छ । तपाईका लागि तुलनात्मक रुपमा जेठ, साउन, मंसिर र पुष महिना सबल रहेका छन। यो वर्ष तपाईका लागि शुभ अंक ४, १३ र २२ हुन, शुभ रंग निलो रहनेछ, शुभ दिशा पश्चिम रहनेछ । यो वर्ष ग्रहको शुभ प्रभावका लागि लक्ष्मी माताको पुजा आराधना गर्नु शुभ हुनेछ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : मिन राशिका लागि यो वर्ष उत्तम रहनेछ। यो वर्ष तपाईका लागि मुख्य ग्रहहरु राहु चतुर्थ भावमा, केतु दशम भावमा, बृहस्पती र शनी लाभ स्थानमा गोचर गर्नेछन । तपाईका लागि मुख्य सबल पक्षहरु १. लामो समय देखि अधुरा रहेका कार्य हरु यो वर्ष सम्पन्न हुनेछन । दीर्घकालीन महत्वको कुनै नयाँ कार्यको शुरुवात हुन सक्नेछ । २. आर्थीक अवस्था सबल रहनेछ । व्यापार व्यावसाय बाट राम्रो फाईदा हुनेछ। जग्गा जमिन जोड्ने एवं घर बनाउने सपना बुन्नु भएको छ भने त्यो कार्य यो वर्ष सफल बन्न सक्नेछ । ३. लोकसेवा वा अन्य कुनै प्रतियोगितात्मक परिक्षाको तयारीमा हुनुहुन्छ यो वर्ष सफल बन्न ग्रहले साथ दिनेछ।

४. परिवारमा अगाडी कुनै विवाद थियो भने त्यसको समाप्ती हुनेछ । यो वर्ष पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । परिवारका साथमा नयाँ ठाउँमा भ्रमणमा जाने एवं हाँसखेल गर्ने योग छ। घरमा मांगलिक कार्यहरु सम्पन्न हुनेछन । ५. सामाजिक एवं राजनितीक क्षेत्रबाट यो वर्ष तपाईको कार्यको योगदान स्वरुप विभिन्न पदवी तथा सम्मान प्राप्त हुनेछ। ६. यो वर्ष अभिनय, नाटक, फोटोग्राफी, सञ्चार तथा प्रविधि तथा समाजीक क्षेत्रमा कार्यरत हरुका उत्तम वर्ष रहेको छ। ७. बिद्यार्थीले पढाईमा उच्च सफलता पाउनेछन । उच्च शिक्षाका लागि बिदेश जाने योग छ । यो वर्ष देखिने कमजोर पक्षहरु

८. प्रेम सम्बन्ध मिश्रित रहनेछ । बेला बेला विवादहरु देखापर्न सक्नेछन । सम्बन्ध टुट्न सक्ने भएकाले आफ्नो बोली र व्यावहारमा संयम रहनु आवश्यक छ। ९. स्वास्थ्य अवस्था हेर्दा यो वर्ष आँखा तथा पेट सम्बन्धि समस्याले सताउन सक्नेछ । यो वर्ष तुलनात्मक रुपमा असार, भदौ, पुष र माघ भहिना बढि उपलब्धिमुलक रहेका छन । यो वर्ष तपाईका लागि शुभ अंक ३, १२ र २१, शुभ रंग पहेंलो र शुभ दिशा उत्तर रहनेछ । यो वर्ष ग्रहको शुभ प्रभावका लागि भगवान शिवको पुजा आराधना गर्नु शुभ हुनेछ । वार्षिक राशिफल बि.सं. २०७६ हेर्नु भएको मा हजुरलाई धेरै धेरै धन्यबाद। यो राशिफल हजुरका आफ्ना आफन्त लगायत अन्य व्यक्तिका लागि पनि फेसबुक ग्रुपहरुमा शेयर गर्नु होला । ज्योतिष शास्त्र एवं वास्तु शास्त्र सम्बन्धि कुनै जिज्ञासा भए कमेन्ट मा लेख्न अनुरोध छ । त्यसैगरि तपाई कसरी यो वर्षलाई सफल बनाउन चाहानु हुन्छ? के काम गर्नुुहुन्छ? तल कमेन्ट गरि लेख्न सक्नुहुनेछ।