यसअघि हिजो कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले नयाँ ढाँचाबारे प्रस्ताव तयार गर्दैछ । यसलाई मन्त्रिपरिषदमा निर्णयका लागि लगिदैछ । सीसीएमसी सचिवालयका संयोजक समेत रहेका प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले ७ साउनको ढाँचाबारे सुझाव संकलन गरी छलफल भइरहेको जानकारी दिए ।
नयाँ ढाँचामा रोकथामको उपायसहित विभिन्न क्षेत्र विस्तारै खोल्न दिने तयारी भएको छ । यसपटक होटल तथा रेष्टुँराहरु निश्चित मापदण्डसहित खोल्न दिइने छ । शैक्षिक संस्थाहरु विभिन्न समुहमा आलोपालो गरी खोल्नेबारे पनि छलफल बढाइएको स्रोतले जानकारी दिएको छ । मनोरञ्जन स्थल र शैक्षिक संघसंस्थाहरु अझै केही समय बन्द राखिनेछन् ।
सार्वजनिक यातायातहरु आधा सिटमा सञ्चालनमा आएका छन् । उद्दोग व्यवसाय पनि सञ्चालन भइसकेका छन्
प्रतिक्रिया