दाङ देउखुरीको लमही नगरपालिका वडा नम्बर १ स्थित पूर्वपश्चिम राजमार्गमा स्थानीयले बीच सडकमै केराको विरुवा रोपेका छन् ।
सडक भत्किएर खाल्डाखुल्डी बनेको लामो समय बितिसक्दा पनि मर्मतका लागि सम्बन्धित निकायबाट कुनै चासो नभएपछि स्थानीयले सांकेतिक विरोध स्वरुप बीच सडकमै केरा रोपेका हुन् ।
सडक बिग्रेको लामो समयसम्म मर्मत नहुँदा दुर्घटनाको उच्च जोखिम भएको भन्दै सरकारलाई दवाब स्वरुप सडकको बीचमै स्थानीयले केरा रोपेका हुन् ।लमहीदेखि पूर्वतर्फको मुख्य राजमार्गको अवस्था दिनप्रतिदिन जीर्ण बन्दै गएको छ ।
प्रतिक्रिया