काठमाडौं, साउन ६ । हिन्दू नारीहरुको माहान पर्व हरितालिका (तिज) नजिकिँदै गर्दा बजारमा तिजका गीतसंगीत पनि सार्वजनिक हुने क्रम बढिरहेको छ । हिन्दू नारीहरु आफ्नो मनको पीडा पोख्ने चाडका रुपमा तिजलाई लिने गर्दछन । वर्षदिनभरि जति दुःख भए पनि तिजको एक दिन नाचेर, हाँसेर भए पनि आफ्नो मनलाई खुशी बनाउने गर्छन् चेली र माइतीको समबधनै तिज हो | यस्तै विषयबस्तु लाइ समेटेर समाजसेवी यशु थापाले “बरिलै माइतिको आगन ” आजबाट सार्वजनिक गरेकी छिन् |
अहिलेसमकै जतिपनि तिज गित हरुछन त्योभन्दा फरक टिपिकल तथा मौलिक किसिमको छ | बजारमा आइरहेका गीतहरुभन्दा फरक रुपमा पस्किएका छिन् ! यस गितमा आवाज भने सुमधुर स्वर कि धनि गायिका अन्जु पन्त र गायक तिलक बसनेतको रहेको छ भने संगीत पनि तिलक बसनेतकै रहेकोछ ! समाजसेवी यशु थापाको शब्द रहेको यस गीतलाई रमेश सेन्चुरीले संगीत संयोजन गरेका छन् । गीतलाई लोक टिपिकल शैलीमा प्रस्तुत गरिएको छ ।
“बरिलै माइतीको आगन” गितको भिडियोलाइ भने अर्जुन तिवारीले छायाँकन गरेकाछन शिव बिकले निर्देशन गरेका छन् | यस भिडियोमा गायक तथा मोडेल दुर्गेस थापा र सर्बाधिक नाचेर विश्व रेकड राखन सफल दिदि र बहिनि रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठ दमदार अभिनय रहेको छ | यो भिडियोलाई दुर्गेस थापाको य़ूटूभ च्यानल मार्फत सार्बजनिक गरियको छ |
प्रतिक्रिया