‘कोरोनाभाइरस खासमा ट्रम्प भाइरस हो’


अमेरिकी संसदको तल्लो सदन (हाउस अफ रेप्रिजेन्टेटिभ्स) की प्रवक्ता तथा वरिष्ठ डेमोक्रेट नेता न्यान्सी पलोसीले कोरोनाभाइरसलाई ‘ट्रम्प भाइरस’ बताएकी छिन् ।उनले यो कुरा महामारी संकटलाई राम्रो तरिकाले सम्हाल्न नसकेका कारण राष्ट्रपति डोनल्ड ट्रम्पको आलोचना गर्दै भनेकी हुन् ।

न्यान्सी पलोसीको यो बयान ट्रम्पको त्यो बयान पछि सार्वजनिक भएको हो जसमा उनले मानिसहरुलाई फेस मास्क लगाउन अपिल गरेका थिए र स्थिती थप विध्वंशकारी हुनसक्ने चेतावनी दिएका थिए ।

सीएनएनसँगको कुराकानीमा पलोसीले भनिन्, ‘राष्ट्रपतिको आजको बयान सुनेर यस्तो लाग्छ कि उनले आफ्नो गल्ती स्विकार गरेका छन् । मास्क लगाएर र मास्क लगाउन सल्लाह दिएर उनले यो रोग कुनै अफवाह नभएको स्विकार गरेका छन् । यो महामारी नियन्त्रणमा आउनुअघि विध्वंशकारी यसकारण भयो किनभने यसबारे कुनै कदम उठाइएन ।’

उनले भने, ‘वास्तवमा यो स्पष्ट रुपमा ट्रम्प भाइरस हो ।’