कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण चिनियाँ नागरिकको मृत्यु भएको छ । ४८ वर्षीया महिलाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको हो । मुटुको बिरामी उनलाई कोरोना संक्रमण पुष्टि भएपछि ग्राण्डी अस्पतालले शिक्षण अस्पतालमा रिफर गरेको थियो ।
आईसीयीमा राखेर उपचार गर्ने क्रममा उनको बुधबार विहान मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।
प्रतिक्रिया