कपुरको प्रयोग पूजापाठको लागी धेरैले प्रयोग गर्ने गरेका छन् । यसलाई औषधिको रुपमा सही तरिकाले प्रयोगमा ल्याउन सकिएमा विभिन्न बिरामीको उपचार सजिलै गर्न सकिन्छ ।यदि कसैलाई दम रोगमा यो अचूक औषधि साबित हुनेछ । १ भाग फुराएको हिङमा १ भाग कपुर मिसिएर केराउको दाना जत्रो गोली बनाउने र २९२ गोली तातो पानीसँग बिहान९बेलुका सेवन गर्ने तथा तारपिनको तेल छातीमा लगाउनाले दम रोग केही महिनामा नै ठीक हुन्छ ।
यस्तै ढाड दुखेमा पनि यसले फाइदा गर्दछ । २ पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारी दुखेको ठाँउमा लगाउनाले ठीक हुन्छ । यसको साथै कपुरको महत्वपूर्ण फाइदाको बारेमा आज हामी चर्चा गदैछौं ।
-पुरानो खोकीमा– सूठो, पिप्ला र मरिच १(१ भाग तथा ३ भाग कपुर पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने १९१ गोली दिनमा खिनमा ३९४ पटक चुस्ने गरेमा पुरानो खोकी ठीक हुन्छ ।
– खोकी लागेमा– साधारण खोकीमा कपुर बालेर धूवाँ सुँघ्नाले ठीक हुन्छ । ३। आउँ, बाथ भएमा– २ चक्की कपुर र आधा चम्चा सूठो १ ग्लास पानीमा पकाएर खाने बेलामा खाने गरेमा जीर्ण, आउँ, बाथ सबै ठीक हुन्छ ।
-पुरानो बाथमा– १ डाडु रायोको तेलमा १ चम्चा कपुर तताएर मालिस गर्दा पुरानो गठिया बाथ आदि ठीक हुन्छ । ५। निद्रा नलाग्नेमा, मुर्छा पर्ने रोगमा– फुराएको हिङ १ भागमा कपुर १ भाग मिसाएर केराउ जत्रो गोली बनाएर २(२ गोली तातोपानीसँग खाँदा निद्रा लाग्छ र उन्माद् मुर्छा पनि ठीक हुन्छ ।
प्रतिक्रिया