रुपन्देहीमा कार दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ । १ जना घाइते भएका छन् ।लु २ च ६७५६ नम्बरको कार दुर्घटना हुँदा चालक रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरीसहित ३ जनाको मृत्यु भएको हो ।
मृतक अन्य दुईजनाको पहिचान खुल्न बाँकी रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।दुर्घटनामा भैरहवाका ३० वर्षीय अनिल यादव घाइते भएका छन् ।परासीबाट भैरहवातर्फ जाँदै गरेको सो कार गएराति अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेको थियो ।
दुर्घटनामा कारमा सवार चारैजना गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि भिम अस्पताल भैरहवा पु¥याइएकोमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया