बाजुरा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका–४ डाँडा बाडाको गुवानी माथिबाट खसेको पहिरोमा पुरिएर १२ वर्षीय अनिश विकको मृत्यु भएको गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए ।
पहिरोमा परेर स्थानीय ६० वर्षीय भिके कामी गम्भीर घाइते भएका छन् । ‘उहाँको उद्धार गरी गाउँपालिका ल्याइँदै छ,’ वडाध्यक्ष रोकायाले भने ‘उहाँको अवस्था हेरेर हामी रेफर गर्छौं ।’ पहिरोमा परेर ४ बाख्रा र एक गोरु पनि मरेका उनले जानकारी दिए ।














प्रतिक्रिया