आज १४० जनाले कोरोनालाई जितेर घर फर्किए


आज १४० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा अहिलेसम्म १६ हजार ४५३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ४ सय ३२ पिसिआर परिक्षण गरिएको हो । जसमध्ये नेपालमा ७२ प्रतिशत बिरामी निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले लाइभ अपडेटमा जानकारी दिए ।