नेकै दुखद खबर : कोरोनाबाट ६ वर्षीया बालिकाको मृत्यु


पछिल्लो २४ घण्टामा नेपालमा थप ९ जना व्यक्तिको कारोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । जसमा ६ वर्षीय बालिका समेत रहेकी छिन् । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सुनसरीमा ६ वर्षीय बालिकाको मृत्यु भएको जानकारी दिए ।

यस्तै सुनसरीकै ६७ वर्षका पुरुषको मृत्यु भएको छ । त्यस्तै पर्सामा ४८, ५८ र ६१ वर्षका तीन जना पुरुषहरुको मृत्यु भएको छ । बारामा १ जना ५८ वर्षीय पुरुष, सिराहामा ६८ वर्षीय पुरुष, मकवानमुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको पनि कोभिड १९ संक्रमणबाट मृत्यु पुष्टि भएको उनले बताए । यससँगै नेपालमा कोभिड १९ संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ ।