आफ्नै आमाको हत्या गरेको आरोपमा सर्लाहीमा छोरा पक्राउ !


आफ्नै आमाको हत्या गरेको आरोपमा सर्लाहीमा छोरा पक्राउ परेका छन्। प्रहरीका अनुसार लालबन्दी नगरपालिका-२ पुनर्वास टोलका ३२ वर्षीय राजवीर पासवानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।

पासवानले मादक पदार्थ सेवन गरी आफ्नै ५० वर्षीया आमा उर्मिला पासवानको हत्या गरेको प्रहरीले जनाएको छ। उनले बुवा उपेन्द्रलाई ढुंगा प्रहार गर्दा आमाको टाउकोमा लागेको थियो।ढुंगा प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

टाउकोमै चोट लागेर गम्भीर घाइते भएका बाबु उपेन्द्रको मनिषा हेल्थ केयर नवलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायो। इलाका प्रहरी कार्यालय नवलपुर र लालबन्दीबाट खटिएको टोलीले राजवीरलाई पक्राउ गरी अनुसन्धान थालेको छ।