हेटौंडामा थपियो भदौ १५ गतेसम्म निषेधाज्ञा !


कोरोना संक्रमण बढ्ने क्रममा देखिएपछि मकवानपुरको हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा निषेधाज्ञा भदौ १५ गतेसम्म थप गरिएको छ । यसअघि साउन २६ बाट सुरु भएको निषेधाज्ञा भदौ ९ गते सकिँदै थियो ।

हेटौंडा उपमहानगरपालिका पुरै र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा संक्रमणको जोखिम मुल्यांकन गर्दै निषेधाज्ञा थप गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।संक्रमण दर बढ्दै गएपछि मनहरी गाउँपालिका र थाहा नगरपालिकासहित स्थानीय तहले पनि निषेधाज्ञा लगाएका छन् ।