काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै कोरोना संक्रमति एकैदिन २ सय २४ जना भेटीएपछि अवस्था बन्यो डरलाग्दो


काठमाडौं उपत्यकामा आज २ सय २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमध्ये काठमाडौँमा १७७ जना, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार आज नेपालमा आज १ सय ७५ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या १८ हजार ८ सय पुगेको छ ।