बाबुले गरे ७ बर्षिय छोरीलाई बलात्कार, आमाद्वारा प्रहरीमा उजुरी !


काठमाडौंको शंखमुलमा ४० वर्षीय पुरुषले छोरीलाई बलात्कार गरेका छन् । ७ वर्षीया छोरी बलात्कार गरेको आरोपमा प्रहरीले बाबुलाई पक्रेको छ । बालिकालाई ७ महिनादेखि बाबुले बलात्कार गर्दै आएका थिए । आमा रोजगारीका लागि खाडी मुलुकमा पसिना बगाउँदै थिइन् । क्राइसिस मेनेजमेन्ट सेन्टर (सिसिएमसी)को समन्वयमा विदेशमा कोभिड–१९ का कारण अलपत्र नेपाली श्रमिकको उद्धार शुरु भएपछि आमा गत साउनमा मात्रै स्वदेश फर्किएकी थिइन् ।

छोरीले ‘योनी दुख्यो’ भन्न थालेपछि आमाले उनलाई अस्पताल लगिन् । अस्पतालमा छोरीले बाबुको कर्तुत खोलेपछि आमाले महानगरीय प्रहरी वृत्त बानेश्वरमा उजुरी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।बाबुलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको एसपी राठौरले बताए ।