दुखद खबर : गोरखामा कोरोनाबाट ७५ वर्षीया वृद्धाको मृत्यु !


कोरोनाभाइरसबाट गोरखामा एक ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ । गोरखा नगरपालिका वडा नम्बर ७ धारापानी निवासी उनको शनिबार साढे ४ बजे मृत्यु भएको हो ।

ब्रेम ह्यामरेड भइ गोरखा अस्पतालको इमरजेन्सीमा लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको थियो । मृत्युपश्चात उनको स्वाब लिएर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।