दुखद खबर गुल्मीमा चट्याङ लागेर १ जनाको मृत्यु, आठ जना घाइते !


गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । भने ८ जना घाइते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–४ दजाकोटमा उजिर बहादुर गाहा र भिम श्री गाहाको घरमा चट्याङ लागेको हो । शुक्रवार बिहान चट्याङ लागेर १८ वर्षकी करिश्मा गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषेत्तमप्रसाद पाण्डेले बताए । चट्याङ लागेर घाइते भएकी गाहाको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको प्रहरीले बताएका छन्।

चट्याङ लागेर घाइते हुनेहरुमा ६३ वर्षका उजुर सिंह गाहा, ६२ वर्षकी तथीकला गाहा, ३७ वर्षको तुल बहादुर गाहा, ३२ वर्षकी जुनि गाहा, वर्ष १४ वर्षकी मेलिना गाहा, ८ वर्षको जोनित गाहा, ३३ वर्षका चित्र बहादुर गाहा, २८ वर्षकी ज्योतिकला घर्ति गाहा रहेको (डिएसपी) पाण्डेले बताए । घाइते मध्ये ४ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ । अन्य घाइते सबैको अबस्था मध्यम रहेको प्रहरीले जानकारी दिएका छन् । चट्याङले घरमा समेत क्षति पुगेको छ ।