बुटवलमा अस्पतालको शय्या नपाएर वडा सदस्यको एम्बुलेन्समै मृत्यु !


 

बुटवल उपमहानगरपालिका– ७ का वडा सदस्य नवीन थापामगरको अस्पतालमा शय्या खोज्दाखोज्दै एम्बुलेन्समा नै गएराति मृत्यु भएको छ । नेकपा एमालेको वडाअध्यक्षसमेत रहेका ४४ वर्षीय थापा ७ दिनअघि कोरोना पोजिटिभ भएपनि बेड अभावका कारण होम आइसोलेसनमा थिए ।

तीन दिनअघि शय्या खोज्दा नपाएपछि घरमै अक्सिजन लिएर राखिएको थियो । समस्या बढेपछि भैरहवामा अस्पताल लैजान खोजदै गर्दा एम्बुलेन्समै मृत्यु भएको वडाध्यक्ष कमल प्रताप थापाले जानकारी दिएका छन् । उनले भैरहवा गएर विभिन्न अस्पतालमा राख्ने कुरा गर्दा-गर्दै एम्बुलेन्समा सास गएको बताएको छ । यसअघि,बुटवलमा एक जना वडा सचिवको पनि यसै गरी ज्यान गएको थियो ।