बुटवल। रुपन्देहीका थप ३ कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा २ र कोरोना विशेष अस्पतालको आईसीयूमा १ जनाको मृत्यु भएको हो । बैशाख २० गतेदेखि कोरोना बिशेष अस्पतालको आईसीयूमा उपचाररत बुटवल तामनगरका ६५ वर्षीय पुरुषको बिहीबार राती १ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताएका छन् ।
यस्तै वैशाख २२ गते अस्पतालको इमर्जेन्सीमा भर्ना भएका तिलोत्तमा-१ का ४३ वर्षीय पुरुषको शुक्रबार बिहान २:२१ मा र बैशाख १९ गते देखि अस्पतालको इमर्जेन्सीमै उपचाररत तिलोत्तमा-१ की महिलाको बिहान ५ बजे मृत्यु भएको प्रवक्ता डा.गौतमले जानकारी दिएका छन।














प्रतिक्रिया