बाँकेमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा २ जना र कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा १ जना संक्रमितको मृत्यु भएको हो । नेपालगञ्ज उपमहानगरपालिका–४ का ५८ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारको क्रममा शनिबार बिहान नौ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएका उनी १९ गते अस्पतालमा भर्ना भएका थिए ।
यस्तै बाँकेको जानकी गाउँपालिका–३ की ५५ वर्षीया कोरोना संक्रमित महिलाको पनि शनिबार बिहान १०ः३० बजे भेरी अस्पतालमा मृत्यु भएको छ । वैशाख २० गते कोरोना संक्रमण पुष्टि भएकी उनलाई २३ गते अस्पताल भर्ना गरिएको थियो । यसैगरी नेपालगञ्ज उपमहानगरपालिका–२ का ७४ वर्षीय पुरुषको शनिबार बिहान १०ः३० बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७७ पुगेको छ ।














प्रतिक्रिया