वीरगञ्जमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु !


कोरोना संक्रमणबाट वीरगञ्जमा थप ४ जनाको मृत्यु भएको छ । नारायणी अस्पतालमा ३ र नेशनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा १ जनाको मृत्यु भएको हो ।

 

नेशनल मेडिकलको कोरोना अस्पतालमा ५५ वर्षीय संक्रमितको मृत्यु भएको छ । बाराको महागढीमाई नगरपालिका–२ का उनको शनिबार बिहान ११:५ बजे मृत्यु भएको अस्पतालले जानकारी आएको छ ।

 

श्वासप्रश्वासमा समस्या देखिएपछि वैशाख १९ गते उनलाई अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको इमरजेन्सी वार्डमा राखी स्वाब संकलन गरी पीसीआर गराउँदा भोलिपल्ट पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनलाई आइसोलेसनमा सारिएको र उपचारकै क्रममा बिहान मृत्यु भएको अस्पतालको भनाइ छ ।