नयाँ गीत ‘तिमी पुग्यौ धेरै टाढा’ सार्वजनिक


लोकप्रिय गायिका रजिना रिमाल र गायक नबिन खनालको नयाँ गीत ‘तिमी पुग्यौ धेरै टाढा’ सार्वजनिक भएको छ ।

गीतमा शब्द गणेश खड्काको रहेको छ भने संगीत नबिन खनालको नै रहेको छ । गीतको भिडियोमा कथा बिनोद श्रेष्ठको रहेको छ । गीतको भिडियोमा मोडल दृश्य सुबेदी र रुशु न्यौपानेको अभिनय रहेको छ । शिव पुरीको निर्देशनमा भिडियो बनेको हो