काठमाडौंको नयाँ बजारबाट नक्कली नोटसहित चार जना पक्राउ परेका छन्।
बुधबार दिउँसो ३ बजे काठमाडौं महानगरपालिका-१६ नयाँ बजार मेडिकल चोकबाट प्रहरीले चार जनालाई एक हजारका नक्कली नोटसहित पक्राउ गरेको हो। महानगरीय अपराध महाशाखा टोलीले पाएको गोप्य सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए।
रौतहट गौर नगरपालिका-१२ घर भई नयाँबजार बस्ने २८ वर्षीय पृथ्वीप्रसाद साह, राजपुर नगरपालिका-३ का २७ वर्षीय मोहम्मद मुसरफ अली, ३० वर्षीय असरफ अली सहिद र गौर-९ का २८ वर्षीय महमद शम्साद आलम पक्राउ परेका छन्। उनीहरूबाट हजार दरका २९४ थानको २ लाख ९४ हजार बराबरको नक्कली बरामद गरेको हो। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।














प्रतिक्रिया