चार बोतल वाइन पिएर प्रेमिकासँग रोमान्टिक डिनर, १८ हजारको बिल आएपछि फरार


डेटमा गएको एकजोडीले १८ हजारको बिल तिर्नुपर्ने भएपछि फरार भएको घटना बाहिरिएको छ। बेलायतको नर्थ योर्कशायरमा भ्यालेन्टाइन डेमा सो जोडी पबमा रोमान्टिक डेटमा गएको थियो। दुवैजनाले खाना खाएको र मदिरा पिएको समेत गरी करिब १८ हजार रुपैयाँको बील आयो । आफैले खाएको खानाको बिल तिर्नुको सट्टा उनीहरु पैसा नदिएर भागे । त्यसपछि रेस्टुरेन्ट मालिकले फेसबुकको मद्दत लिएर जोडिको बिल सार्वजनिक गरिदियो।

उनीहरुले रोमान्टिक डेटको लागि टेबल बुक गरेका थिए। तर बिल भने तिरेनन्। पछि पबले बील तोकिएको समयमा बुझाउन पनि निर्देशन दियो । यो जानकारी प्रहरीलाई पनि दिइएको छ। योसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पब मालिकसँग यस जोडीको सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गरेका समेत छन् । ‘द मिल’ नामक पबले यो जोडीको बिल सार्वजनिक गरेको हो ।