प्रेम प्रस्ताव अस्वीकार गरेपछि परिवारकै अगाडि युवतीको घाँटी रेटी हत्या !


ग्रिष्मा वेकारियाको परिवार राज्यमा महिला सुरक्षाको विषय गुजरात सरकारसँग प्रश्न सोधिरहेका छन् ।

बीबीसी गुजरातीसँग कुरा गर्दै वेकारिया परिवारका सदस्यले उनकी छोरीको दिनदहाडै हत्या गरिएको छ, यस्तोमा सरकारले छोरीहरुको सुरक्षा कसरी दा बी गर्न सक्छ भनेर प्रश्न उठाइरहेका छन् । प्रेम प्रस्ताव अस्वीकार गर्दा फेनिल गोयानीले परिवारका सदस्यको अगाडि नै ग्रिष्माको घाँटी रेटी हत्या गरेको बताइँदै छ ।

ग्रिष्माकी काकी राधिकाले भनिन्, ‘यस्ता घटना जारी रहे हाम्रा छोरीहरु कसरी पढ्न पाउलान् ? सरकाले ब्यानर पोष्ट लगाएको छ, ‘बेटी बचाओ, बेटी पढाओ ।’ तर यस्ता घटना भइरहेको खण्डमा महिला सुरक्षासँग जोडिएका ब्यानर पोस्टर हटाउनु पर्छ । नारा लगाउन बन्द गर्नुपर्छ । ‘बेटी बचाओ’ को ब्यानरको साटो ‘बेटी बचाउनु छ भने उनलाई घरमा नै राख भन्नुपर्छ । अन्यले पनि पाठ सिकून् भनेर ग्रिष्माकी काकी फेनिललाई क”डा सजाय दिन माग गरिरहेकी छिन् । उनले भनिन्, ‘ग्रिष्मामाथि जे भयो, त्यो अन्य छोरीमाथि हुनु हुँदैन । हाम्रा छोरीहरु कसरी सरक्षित रहलान् ? उनीहरु त्यतिबेला मात्रै सुरक्षित हुनेछन् जब राज्य सरकार पर्याप्त सुरक्षा प्रदान गर्नेछ । ’

ग्रिष्माकी आमा विलास वेकारियाले बीबीसीसँगको कुराकानीमा आफूले छोरीको लागि न्याय मात्रै मागिरहेको बताएकी छिन् । उनले भनिन्, ‘मेरी छोरी निर्दोष छिन् । उनको कुनै ग”ल्ती थिएन तरपनि उनको ह” त्या भयो । मलाई न्याय मात्रै चाहिएको छ । उसले मेरो आँखाको अगाडि छोरीको घाँटी काटि दियो । तीब्र रुपमा र ग त बग्न थालेको थियो । यो सबै मैले मेरो आँखाले देखेकी थिएँ ।’ प्रहरीलाई दिइएको उजुरी अनुसार फेनिल पछिल्लो एक वर्षदेखि ग्रिष्मालाई तनाव दिइरहेको थियो । मुटु काँप्ने यो घ”टनाको भिडियो सोसल मिडियामा पनि भा”इरल भएको छ जसका कारण प्रहरी व्यवस्था र मानिसको संवेदनशीलतामाथि प्रश्न उठिरहेको छ । अभियुक्त फेनिलमाथि कार चारी”को मुद्दा पनि दर्ता थियो । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ । फेनिललाई प्रहरीले पक्राउ गरेको छ ।