क्यानडाविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल


आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरअन्तर्गत समूहको आफ्नो अन्तिम खेलमा नेपाल र क्यानडाबीचको खेल जारी छ । क्यानडाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरेको छ ।

आजको खेलमा नेपाली टोलीमा एक परिवर्तन भएको छ । फिलिपिन्सविरुद्धको अघिल्लो खेलमा टिममा समावेश गरिएका गुल्सन झाको स्थानमा कमलसिंह ऐरीलाई ल्याइएको छ । कमलले ओमानविरुद्धको पहिलो खेल खेलेका थिए । समूह बी मा रहेको नेपालले पहिलो खेलमा ओमानलाई ३९ रन र दोसो खेलमा फिलिपिन्सलाई १३६ रनले पराजित गरेको थियो । ताजा अवस्थामा नेपालले एक ‌ओभरको समाप्तिमा एक विकेट लिएको छ भने क्यानडाले २ रन बनाएको छ । फिलिपिन्सविरुद्ध शतक प्रहार गरेका म्याथ्यु स्पर्सलाई नेपालका कमलसिंह ऐरीले कुशल भुर्तेलबाट क्याच आउट गराए ।