आईसीसी टी-२० वरियतामा सन्दीप र कुशलको छलाङ


आईसीसी टी-२० क्रिकेटमा कुशल भुर्तेल र सन्दीप लामिछानेसहित चार खेलाडीले शीर्ष सयमा स्थान बनाएका छन् ।

नेपालका फास्ट बलर अविनाश बोहराले भने पहिलो पटक शीर्ष सयमा स्थान बनाएका हुन् । आईसीसीले बुधबार सार्वजनिक गरेको खेलाडी वरियता सूचीमा कुशल भुर्तेल ब्याटिङ तर्फको वरियतामा २६ स्थान सुधार गर्दै ३९ औं स्थानमा उक्लिएका छन् ।

नेपालका अर्का ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीले पनि दुई स्थान सुधार गर्दै ५० औं स्थानमा उक्लिएका हुन् । त्यस्तै नेपालका कप्तान सन्दीप लामिछाने भने बलिङ तर्फबाट एकैपटक २० स्थान सुधार गर्दै ४३ औं स्थानमा उक्लिएका हुन् । यस नेपालका फास्ट बलर अविनाश बोहरा भने बलिङतर्फ ८६ औं स्थानमा छन् ।