सत्तारुढ नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी पार्टीले गठबन्धन जोगाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट सम्झौता अनुमोदन पनि हुन दिने बाटो रोजेका छन् ।
एमसीसीकै कारण गठबन्धन टुट्ने अवस्था आएपछि दुवै दल विपक्षमा मत दिने अडानबाट पछि हटेका हुन् । अब दुवै दलले एमसीसी अनुमोदनका लागि निर्णयार्थ पेश गर्दा पास हुने वातावरण बनाउन संसद बहिष्कार गर्ने छन् ।
उनीहरूले यो जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराइसकेका छन् ।‘अहिले गठबन्धन जोगाउनै पर्ने भएकाले एमसीसी अनुमोदनका लागि निर्णयार्थ प्रस्तुत हुँदा हामीले बहिष्कार गरेर सहयोग गर्नुपर्ने भयो’ माओवादी केन्द्रका एक नेताले भने, ‘प्रधानमन्त्रीज्यूलाई यो जानकारी गराइसकिएको छ । सम्भवतः संसदको आगामी बैठकमा एमसीसी अनुमोदन हुन्छ ।’
प्रतिक्रिया