गौशालामा नवजात शिशुको शव भेटियो


काठमाडौंको गौशालामा नवजात शिशुको शव भेटिएको छ । पशुपति मन्दिर परिसरको शौचालय नजिकै शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
शव केहीदिनअघि गाडेको र बुधवार उत्रेको अवस्थामा भेटिएको छ । शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

घटनाबारे प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ ।