मकालु हिमाल आरोहण गरेर राखे शेर्पाले नयाँ कीर्तिमान


हिमाल आरोही लाक्पा शेर्पाले १६ दिनभित्र तीनपटक मकालु हिमाल आरोहण गरेर कीर्तिमान कायम गरेका छन् ।

शेर्पाले संखुवासभाको मकालु गाउँपालिकामा पर्ने ८ हजार ४ सय ८५ मिटर अग्लो मकालु हिमाल सन् २०२२ को मे १२, २० र २८ तारिकमा सफल आरोहण गर्दै नयाँ कीर्तिमान राखेका हुन् ।

शेर्पाले सोहि समयमा चौथो पटकको आरोहण भने खराब मौसमका कारण पुरा गर्न नसकी फर्किएको बताए ।