कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नागरिकतासम्बन्धी विधेयक छिट्टै पारित हुने बताएका छन् ।
६४ औं संसद दिवसका अवसरमा बिहीबार पूर्व सांसद मञ्च नेपालले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले ०७५ सालदेखिका ५३ वटा विधेयक अगाडि बढ्न बाँकी रहेको बताए ।
यस्तै ८ अध्यादेशहरू हाल प्रतिस्थापन विधेयकको रूपमा अघि बढेको बताए ।
मन्त्री कोइरालाले संसदलाई क्रियाशील बनाउन केही सांसदको भूमिका देखिएको बताए । प्रेम सुवाल, सुवास नेम्वाङको भूमिका संसदलाई क्रियाशील बनाउन प्रभावकारी रहेको उनको भनाई थियो ।
उनले पूर्व सांसद मञ्चले संसदीय क्रियाकलापको समीक्षा गर्ने र संसदको वाचडगको भूमिकामा रहनुपर्ने बताए ।
प्रतिक्रिया