एमाले अध्यक्ष केपी शर्मा ओलीले बढी मात्रा दूध उत्पादन भए दूध प्रयोग गरेर चकलेट उद्योग खोल्न वा पाउडर दूध बनाउन आग्रह गरेका छन् । शनिबार काठमाडौंमा एमाले निकट किसान महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मिल्क होलिडेको नाममा किसानले उत्पादन गर्ने दूध खेर जान नदिन आग्रह गरे ।
उनले ब्यङ्ग्य गर्दै भने– ‘के हो मिल्क होलीडे भनेको ? भैसीलाई सम्झाउ न, गाईलाई सम्झाउन न मिल्क होलिडे । किसानलाई सम्झाएर हुन्छ ? के हो मिल्क होलीडे भनेको ? मिल्क होलीडे भने दुध दुहेर फ्याँक भनेको हो कि दुध दुहुँदै नदोई साँच भनेको हो ? मिल्क होलीडे भनेको त भैसीले बुझ्नुपर्यो नी गाइले बुझ्नुपर्यो नी आज छुट्टी छ दूध नदेउ भनेर । बुझ्छ त्यसले ? अनि यो दूध खेर फाल भनेको हैन ? डेरीले दुध किन्ने चकलेट फ्याक्ट्री राखे हुँदैन । पाउडर फ्याक्ट्री राखे हुँदैन ?’
अध्यक्ष ओलीले पाउडर फ्याक्ट्री खोलेर मिल्क होलिडेलाई समाप्त पार्न आग्रह गरे । उनले ५ दिन दुध बेच्ने २ दिन पोख्ने काम हुन नसक्ने बताए । उनले मिल्क होलिडे भनेको दिन भकारो सोहर्नुपर्दैन भैसीको हेरबिचार गर्न पर्दैन भन्दै प्रश्न गरे । उनले किसानले उत्पादन गरेको दूध खेर नजाने कुरामा ध्यान दिँदै दूधबाट बन्ने विभिन्न वस्तुको उत्पादन गर्न आग्रह गरे ।
प्रतिक्रिया