एउटै व्यक्तिलाई एकै दिन १२ पदक


पोखरा : कला साहित्यमा मानपदवी लेनदेन हुने विषय नयाँ होइन । तर, पोखरामा भने आइतबार एउटै व्यक्तिले १२ पदवी पाएका छन् ।

पोखराका देशभक्तसिंह कुँवरलाई विभिन्न संस्थाले प्रतिसंस्था ५० हजार रुपैयाँका दरले ६ लाख रुपैयाँसहित विभिन्न १२ वटा उपाधिले सम्मान गरेका छन्।

कुँवरले शब्द सम्राट, वाङ्मय सम्राट, साहित्य सम्राट, सिर्जना सम्राट, रचना सम्राट, लेखक सम्राट, दिव्य गायक, बहुआयामिक व्यक्तित्व, संगीत मणिरत्न, युग सञ्चारमणि, महासाहित्यकार र दुर्लभ महामानव गरी १२ उपाधि पाएका हुन् ।

यसअघि पनि कुँवरले ‘अलौकिक कवि’को उपाधि पाएका थिए । डेढ घन्टाभित्र लेखेर सकेको दाबी गरिएको ‘सेतो संसार’ नामक मुक्तक संग्रह प्रकाशन गरेर उनले २०७५ सालमा ‘अलौकिक कवि’को उपाधि पाएका थिए ।

सोही वर्षको असोज २८ गते विभिन्न सयभन्दा बढी संस्थाको समर्थनमा तत्कालिन मेयर मानबहादुर जिसीको उपस्थितिमा आफूले पाएको उपाधि अनुमोदन भएको उनको दाबी छ ।