फेरि पनि जनार्दन शर्मा नै अर्थमन्त्री बन्नुहुन्छ – वर्षमान पुन


माओवादी केन्द्रका नेता वर्षमान पुनले फेरि पनि जनार्दन शर्मा नै अर्थमन्त्री बन्ने बताएका छन् ।

अहिले तत्काल माओवादी केन्द्रबाट कोही पनि अर्थमन्त्री नबन्ने अर्थमन्त्रीमाथि छानबिन सकिएपछि उनी नै अर्थमन्त्री भएर आउने पुनले बताए ।

बुधवार संसद बैठकबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग पुनले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गरेको बताए ।